दोस्रो त्रैमासिकमै बैंकहरुको नाफा ४३ प्रतिशतसम्म बढ्यो

काठमाडौ, १७ माघ । बैकहरुकाे नाफा ४३ प्रतिशतसम्म बढेकाे छ । वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकहरुले सार्वजनिक गरेकाे विवरणमा याे नाफा देखिएकाे हाे ।

यस अवधिमा एनएमबी बैंककाे नाफा सबैभन्दा बढी छ । एनएमबी बैंकले दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिमा भन्दा खुद मुनाफा ४३ प्रतिशतले वृद्घि गरी १ अर्ब रुपैयाँ कटाउन सफल भएको छ । त्यस्तै एनएमबीले निक्षेप ८.६ अर्ब तथा कर्जा ६.६ अर्ब रुपैयाँले बढाएको छ । हाल बैंकको निक्षेप ८०.५५ अर्ब छ भने कर्जा ७०.९३ अर्ब रुपैयाँ पुगेको जारी विज्ञप्तिमा उल्लेख छ । यस अवधिमा बैंकले आफ्नो निष्क्रिय कर्जालाई १.६७ प्रतिशतबाट झारेर १.२० प्रतिशतमा पुर्‍याएको जनाएको छ ।

मेगा बैंक नेपालले यो अवधिमा मुनाफा हात्तै बढाएको विज्ञप्तिमार्फत जनाएको छ । बैंकका अनुसार पहिलो त्रैमासमा ८ करोड ११ लाख मात्र खुद मुनाफा गरेको मेगाले पुस मसान्त सम्ममा ३९ करोड ३६ लाख रुपैयाँ कमाएको छ । यो जुन ३ सय ८५ प्रतिशतको वृद्धि हो ।

‘दोस्रो त्रैमासिक अवधिमा बैंकको निक्षेप ६ अर्ब १८ करोड रुपैयाँले वृद्धि भएको छ भने कुल कर्जा ५ अर्ब ४८ करोड रुपैयाँले बढेको छ,’ बैंकको विज्ञप्तिमा उल्लेख छ, ‘बैंकको निष्क्रिय कर्जा घटेर १ प्रतिशतभन्दा कम छ ।’

यसैगरी ६५ प्रतिशतको हकप्रद सेयर यसै अवधिमा बाँडफाँट भएका कारण बैंकको चुक्ता पुँजीमा पनि उल्लेख्य वृद्धि भएको जनाएको छ । जसले बैंकको प्रतिसेयर आम्दानी अनुपातलाई प्रतिकूल असर गरे पनि खुद मुनाफामा भएको उल्लेख्य वृद्धिले अघिल्लो त्रयमासको ६.८८ प्रतिशतको तुलनामा यो त्रयमासमा प्रतिसेयर आम्दानी १०.६४ प्रतिशत कायम भएको छ ।

एनआईसी एसिया बैकले यो अवधिमा सम्भावित नोक्सानीअघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको जनाएको छ । गत वर्षको सोही अवधिको ०.८९ अर्ब रुपैयाँ मुनाफाको तुलनामा चालु वर्ष १.१२ अर्ब रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

बैंकले गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य फिर्ता ३२.८३ करोड भएको हुनाले ७२.१४ करोड खुद मुनाफा भएकामा चालु आवको दोस्रो त्रैमासिकमा बंैकले ५७.१७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

‘चालु आवमा बंैकको सञ्चालन मुनाफामा भएको स्वस्थ वृद्धि तथा कर्जामा उल्लेख्य वृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा ३६ करोडको वृद्धिका बाबजुद पनि बंैकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद नाफा उत्साहजनक रहेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

Loading...