प्रदुषण घटाएर स्वास्थ्य र सम्पति जोगाउन स्वच्छ हावा अभियान सुरु

काठमाडौ, १७ माघ । काठमाडाैं महानगरपालिकाले स्वच्छ हावा अभियान सुरु गरेकाे छ । उपत्यकाकाे हावा निकै धेरै प्रदुषित बनेका खबर अाइरहेका बेला महानगरपालिकाले माइती नेपाल र करुणा फाउन्डेसनसँग मिलेर यस्ताे परियाेजना ल्याएकाे हाे ।

वायु प्रदूषणले मानिसकाे स्वास्थ्य र सम्पत्ति असुरक्षित बन्दै गएकाे छ । त्यसका लागि प्रदुषण घटाउन तथा प्रदूषणविरुद्ध जनचेतना बढाउन यस्ताे अभियान सुरु गरेकाे महानगरपालिकाले जनाएकाे छ । अभियानका क्रममा जनचेतना बढाउनुका साथै प्रदुषण घटाउनका लागि सरोकारवालालाई दबाब सिर्जना गर्ने पनि बताइएकाे छ ।

अभियानकाे पहिलाे दिन सोमबार महानायक राजेश हमाल र विश्व साइकल यात्री पुष्कर शाह सहितले स्वयम्भूबाट बबरमहलसम्म साइकल र्‍याली गरेका थिए । कार्यक्रममा वातावरण विज्ञ यादव जोशीले सातामा एक दिन डिजेल तथा पेट्रोल इन्जिनबाट चल्ने सवारी साधन प्रयोग नगरि साइकल यात्रा गरे पनि स्वच्छ हावा पाइने बताए ।

अभियानलाई अघि बढाउन हरेक शनिबार राजधानीमा साइकल र्‍याली गरिने आयोजकले जनाएका छन् ।

Loading...