काठमाडौं र पोखरामा जापानी फिल्म फेस्टिभल हुँदै

काठमाडौं, १७ माघ । राजधानी काठमाडाैंमा जापानी फिल्म फेस्टिभल हुने भएकाे छ । काठमाडाैंसँगै पाेखरामा पनि हुन लागेकाे याे फेस्टिभल नेपालस्थित जापानी दुतावाससहितका जापानी संस्थाहरुले गर्न लागेका हुन् ।

जापानी दूतावास, जापान फाउन्डेसन र जापानिज टिचर्स एसोसिएसन नेपालले अायाेजना गर्न लागेकाे फेस्टिभल फेब्रुअरीमा हुने बताइएकाे छ । जापानी समाज, संस्कृति र जीवनशैली बुझन् चाहनेका लागि फेस्टिभल निकै उपलब्धीपूर्ण हुने बताइएकाे छ  ।

पोखराको चेम्बर अफ कमर्स भवनमा फेब्रुअरी ९ र १० तथा र काठमाडौंकोआर्मी अफिसर्स क्लबमा फेब्रुअरी २३ र २४ तारिखमा फेस्टिभल हुने जापानी दूतावासले जनाएको छ ।

पोखराको फेस्टिभलमा ‘व्हेन द कर्टेन राइज’, ‘माई लभ स्टोरी’, ‘सेटो एन्ड सुमी’ र राउन्ड ट्रिप हार्ट’ जस्ता फिल्म देखाइनेछन् । काठमाडौंमा हुने फेस्टिभलमा ‘बलाड’, ‘द गार्डेन अफ वर्डस्’, ‘अ टेल अफ सामुराई कुकिङ : अ ट्रु लभ स्टोरी’, ‘ब्रेभ स्टोरी’ र ‘नेमशिवा’ प्रदर्शन हुने बताइएको छ । दुवै फेस्टिभलका लागि नि:शुल्क पास उपलब्ध हुने दूतावासले विज्ञप्तिमा जनाएको छ ।

Loading...