शङ्कर पोखरेल पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा सर्वसम्मत

काठमाडौं, १६ माघ । वामगठबन्धनबाट पाँच नम्बर प्रदेशकाे मुख्यमन्त्रीका दावेदार काेही नभएपछि दाङबाट निर्वाचित एमाले सांसद शङ्कर पाेखरले सर्वसम्मत भएका छन् । वामगठबन्धनमा उनका प्रतिस्पर्धी नभए पनि उनले अरुसँग भने प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यसैबीच मुख्यमन्त्री छान्‍न बसेको नेकपा एमालेको स्थायी समिति बैठक विनानिष्कर्ष सकिएको छ । मंगलवार केन्द्रीय कार्यालयमा बसेको स्थायी समितिको बैठकले मुख्यमन्त्रीबारे नेताहरु नै सर्वसम्मत नभएपछि चुनावी प्रक्रियाबाट टुंगो लगाउने निर्णय गरेको छ ।

बैठकपछि संचारकर्मीहरुसँग बोल्दै उपाध्यक्ष बामदेव गौतमले सर्वसम्मत हुन नसकेका ठाउँमा निर्वाचनबाट संसदीय दलको नेता चयन हुन्छ र संसदीय दलको नेता मुख्यमन्त्री हुने जानकारी दिए ।

बैठकमा प्रदेश ५ बाहेक अन्य प्रदेशमा नेताहरुबीच नै सहमति नजुटेको हो । यो प्रदेशमा स्थायी समिति सदस्य शंकर पोखरेललाई एमालेले संसदीय दलको नेता सर्वसम्मत चयन गरिसकेको छ ।राष्ट्रियसभा चुनावमा मतदान गर्ने प्रदेशसभाका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई २१ माघमा मतदान गर्ने तरिकाबारे प्रशिक्षण दिने निर्णय गरेको बताइएको छ ।

एमाले बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका निर्णय खारेज गर्ने निर्णय पनि गरेको छ ।

Loading...