डाक्टरले यस्तोसम्म गर्छन लापरवाही स् सुत्केरीको गुप्ताङ्गमा प्याडसहित टाँचा लगाइयो

पर्वत, १६ माघ । पर्वतमा एक सुत्केरीकाे गुप्ताङ्गमा डाक्टरले प्याडसहित टाँचा लगाइदिएकाे थाहा भएकाे छ । अस्पतालले गरेकाे यस्ताे लापरवाहीप्रति अहिले स्थानीय अाक्राेशित भएका छन् । पटकपटक अस्पताल र चिकित्सककाे लापरवाहीका कारण कहिले बच्चा त कहिले सुत्केरी अामाकाे ज्यान जाने गरेकाे हल्ला अाइरहेका बेला पर्वतमा यस्ताे देखिएकाे हाे ।

पर्वतकाे जैमिनी नगरपालिका–१ कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगर यसताे पीडामा परेकी हुन । उनलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरी अञ्चल अस्पताल बागलुङ लगेका थिए । उनी सामान्य रुपमै सुत्केरी भइन् ।

अस्पतालले उनलार्इ सुत्केरी भएको भोलिपल्ट नै डिस्चार्ज गरिदियो । सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन। पछिल्लो दिन झन बढी पीडा हुन थाल्यो ।

‘सुत्केरी हुँदाको घाउ निको हुँदै जानुपर्ने बेला सहिनसक्नु पीडा हुन थाल्यो’, उनले भनिन्, ‘त्यो दुखाईबारे नजिकका साथी र परिवारका सदस्यलाई सुनाउँदा उल्टै जिस्काए, पीडा त भइहाल्छ नि । अलि–अलि दुखाइ पनि सहन नसक्ने भने ।’

अस्पताल गएर डाक्टरसँग परामर्श गर्दा पनि उनलाई औषधि दिएर पठाइयो । पीडा घट्नुको साटो बढ्दै गयो । उनको गुप्तांग भित्र प्याड राखेर टाँका लगाइएको रहेछ । त्यो प्याड सुत्केरी भएको १२ औं दिनमा मात्र निकालिएको छ ।

Loading...