नेपाली सेनामा ठूलो सङ्ख्यामा सहायक रथीहरुको एकैसाथ सरुवा, कसको कहाँ भयो सरुवा हेर्नुहोस

काठमाडौं, १५ माघ । नेपाली सेनामा एकैसाथ ठूलाे सङ्ख्यामा सहायकरथीहरुको सरुवा गरिएको छ । सेनाले महासेनानीबाट सहायकरथीमा बढूवा भएकाहरुको पदस्थापना गर्नुको साथै ११ जना सहायकरथीहरुको सरुवा गरेको हाे ।

सैनिक स्रोतले दिएको जानकारीअनुसार हाल चीनमा नेशनल डिफेन्स कोर्स गरिरहेका सहायकरथी विनय विक्रम राणा पृतना चीफ अफ स्टाफ मध्यपूर्वी हेडक्वाटर, मिनध्वज खडका २६ बाहिनीको बाहिनीपति,सुरज बाबा सुनुवार १५ बाहिनिको बाहिनीपतिमा र हाल पाकिस्तानमा एनडिसी कोर्स गरिरहेका सहायकरथी बावुराम श्रेष्ठको अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयको निर्देशकमा पदस्थापना भएको छ।

उनीहरु चारै जना गत साता महासेनानीबाट सहायकरथीमा बढुवा भएका सैनिक अधिकृतहरु हुन् । सहायकरथीहरु खड्का र सुनुवार सहायकरथीबाटै अवकास पाउने भएकाले उनिहरु दुबै जनालाई सहायकरथीमाब बढुवा हुने वित्तिकै कमाण्ड दिइएको सैनिक स्रोतको दाबी छ। उपरथी हुनको लागी आवश्यक पर्ने एनडिसी कोर्स नगरेका कारण खड्का र सुनुवारले सहायकरथीबाटै अवकास पाउनेछन्।

त्यसैगरी सहायकरथीहरु नवजीवशमम्शेर राणा,नैनराज दाहाल,रामशरण कार्की,नरेश चन्द्र भट्ट,सुर्यप्रसाद खनाल,सदर्शन विक्रम राणा,सिताराम खड्का,निरन्जकुमार श्रेष्ठ,गोकुल भण्डारी, निर्मलकुमार थापा र आनन्द अधिकारीको समेत सरुवा भएको छ।

सैनिक स्रोतकाअनुसार राणालाई सैनिक संगठन निर्देशनालयको संगठन र संचालनाधिकृतमा, हाल मिसनमा रहेका दाहालको निरीक्षण निर्देशनालयको निर्देशमा, कार्कीलाई समारोहको निर्देशकमा, भट्टलाई रणनीतिक तथा दीर्घकालीन योजना निर्देशनालयको निर्देशकमा सरुवा भएको छ ।

त्यसैगरी सहायकरथीहरु खनाललाई सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयको सह महानिर्देशकमा, राणालाई सैनिक सामाग्री प्राप्ती निर्देशनालयको निर्देशकमा, हाल प्रधानसेनापतिको कार्यालयमा रहेका सहायकरथी खड्कालाई नेपाली सैनिक प्रतिष्ठानको शिक्षाध्यक्षमा,श्रेष्ठलाई सैनिक इण्टेलिजेन्स महानिर्देशनालयमा, भण्डारीलाई सैनिक प्रवक्तामा,थापालाई ६ बाहिनीको बाहिनीपतिमा र अधिकारीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको सह शिक्षाध्यक्षमा सरुवा भएको छ ।

Loading...