बन्दुकको युग समाप्त भयो : प्रचण्ड

बन्दुकको नालमाथि मात्र बिश्वास गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दुकको युग समाप्त भएको बताएका छन् । सोमबार प्रेस सेन्टर नेपालको १४ औ स्थापना दिवसको अवसर पारेर प्रेस सेन्टर महिला विभागले आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् ।

”बन्दुक र मादलले जति सपना पुरा भए, भए । अब, कलम मुख्य हतियार बनेकाले बाँकी सपना कलमका माध्यमबाट पुरा गर्नुपर्दछ ।” उनले भने ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी निकट प्रेस सेन्टरका पत्रकारहरुलाई हौस्याउदै क्रान्तिका बाँकी कार्यभार कलमका माध्यमबाट पत्रकारले गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले परिबर्तन र सम्बृद्धिका बाकी सपना बाम गठबन्धनले पुरा गर्ने दावी गर्दै गठबन्धनलाइ कमजोर बनाउने र पार्टी एकता भाड्न खोज्नेहरुको पहिचान गर्न सक्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्प गर्न आह्वानसमेत गरेका छन् ।
देशलाई राजनीतिक स्थायित्व, सुशासन र समृद्धितर्फ लैजानु आवश्यक भएकोले आफुले पार्टीगत स्वार्थबाट माथि उठेर सोच्नेगरेको दावी गरेका प्रचण्डले पत्रकारहरुलाइ परिबर्तनको पहरेदार बनिदिन अनुरोध समेत गरेका छन ।

Loading...