मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको ट्रकमा ठक्कर खाँदा मृत्यु

सल्यान, १५ माघ । पश्चिम रुकुमबाट दाङ जाँदै गरेको मोटर साइकल सल्यान कपुरकोटमा रोकिराखेको ट्रकमासँग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

आइतबार साँझ रा ३ प ८५९६ नम्बरको मोटर साइकल रा १ ख ९३९ नम्बरको मिनि ट्रक संग ठोक्किएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

मृत्यु हुनेमा पूर्व रुकुमका अन्दाजी ३२ वर्षीय दिलिप बुढा र उनकी श्रीमती सम्झना बुढाको मृत्यु भएको हो । सम्झनाको घटना स्थलमै मृत्यु भएको हो भने दिलिपको उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल दाङ लैजाँदै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ। उनीहरुले पश्चिम रुकुमको सदरमुकाम मुसीकोट खलंगामा लामो समय देखि व्यापार गर्दै आएका थिए।

प्रहरीले मिनिट्रक र चालकलाई नियन्त्रणमा लिएको सल्यानका डिएसपी भरत बिकले जानकारी दिए ।

Loading...