सुदुरपश्चिमेली समाज जापान सेन्दाइको अध्यक्षमा जय चन्द निर्वाचित

जय चन्दलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउदै सुदुरपश्चिमेली नेपाली समाज सेन्दाइको दोश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले १७ सदस्यिय कार्यसमितिको चयन पनि गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गणेश चन्द र जंगबहादुर घेराल रहेका छन भने सचिबमा यज्ञराज जोशी सह सचिबमा गंगादत्त जोशी चयन भएका छन समाजको कोषाध्यक्षमा भरत बम र सह कोषाध्यक्षमा केशव पाण्डे चयन भएका छन ।

त्यसैगरी समाजको सदस्यहरुमा जिबन भट्ट, विक्रम चन्द, पदम साउद, उद्दव चन्द , दिवाकर जोशी, सपना चन्द , कपिल पाली, पप्पु चन्द, तारा सिंह र सिता कडायत सर्वसम्मत चयन् गरिएको सेन्दाइ समाजले जानकारी दिएको छ ।

समाजको सल्लाहकारमा निबर्तमान अध्यक्ष बिनोद चन्द, रमेश भट्ट र बिबेक बोहरा चयन् भएका छन ।निबर्तमान अध्यक्ष बिनोद चन्द फेरी पनि सेन्दाइ समाजको मुख्य संयोजकको भूमिकामा रहने सुदुरपश्चिमेली नेपाली समाज जापानका अध्यक्ष पूर्ण चलाउनेले बताए ।बिनोद चन्दले आफ्नो कार्यकालमा समाजलाई सकृय बनाउन ठुलो भूमिका निभएका थिए ।

सुदुरपश्चिमेली नेपाली समाज जापान फेब्रुअरी ४ तारिख टोकियोमा पाचौ अधिवेशनको तयारीमा जुटेको छ ।

Loading...