जिप्रकाका कम्प्युटर अपरेटर सरोज कुमार गोलीसहित समातिए

जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत एक कर्मचारी नै पेस्तोलमा लाग्ने गोली र लागूऔषधसहित पक्राउ परेका छन् । जिप्रकाका कम्प्युटर अपरेटरसहित दुई जना गोली र लागूऔषधसहित पक्राउ परेका हुन् ।

जिप्रकाका कम्प्युटर अपरेटर सरोज कुमार पासवान समातिएको प्रहरीले पुष्टि गरेको छ । उनी संगै अर्का ब्यापारी शितल झा पनि समातिएका छन ।

उनीहरुको साथबाट कटुवा पेस्तोलमा लाग्ने २ थान गोली र ९८ थान नाइट्रोजन लगायतका लागूऔषध बरामद गरिएको र आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Loading...