टर्कीमा एक सयभन्दा बढी युवा अलपत्र

काठमाडौं । स्याङ्जा पुतलीबजार नगरपालिकाका लक्ष्मण गुरुङ गत भदौमा भारतको बाटो हुँदै टर्की पुगे ।

युरोपियन मुलुकमा आकर्षक तलब पाइने, युरोपभर निर्वाध आवतजावत गर्न पाइने तथा स्थायी बसोबास अनुमति (पिआर) पनि पाइने आशमा उनी पोखराको पिएनपी कन्सल्टेन्सीलाई ८ लाख ८० हजार रुपैयाँ बुझाएर पर्यटक भिसामा टर्की पुगेका थिए ।

सुखद भविष्यको कल्पना गर्दै टर्की पुगेका गुरुङ करिब ४ महिनापछि बल्लतल्ल ज्यान जोगाएर ११ मंसिरमा नेपाल आइपुगेका छन् ।

मानवतस्करहरुले गुरुङजस्तै धेरै युवालाई युरोपमा रोजगारी र पिआर दिलाउने भन्दै भारत हुँदै टर्की पु¥याएर ठगी गर्ने गरेको खुलेको छ ।

टर्कीमा एक सयभन्दा बढी युवा यसरी अलपत्र परेको पीडितहरुले अनुमान गरेका छन् ।

मानव तस्करहरुले युरोपमा रोजगारी दिलाउने नाममा प्रतिव्यक्ति ८ देखि २५ लाखसम्म ठगी गरेको पीडितले बताएका छन् । (नयाँ पत्रिकाबाट)

Loading...