बाँदरमुढे घटनामा मारिएकालाई शहीद घोषणा

नेपाली काँग्रेस नेतृत्वको सरकारले जनयुद्धमा चर्चित बाँदरमुढे घटनामा ज्यान गुमाउनेहरुलाइ शहिद घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको हो ।

वि. सं. २०६२ जेठ २३ गते चितवनको माडीमा रहेको बाँदरमुढे खोलामा नेपाली सेनाको बसलाइ लक्षित गरि माओबादीले बिछ्याएको एम्बुसमा परि ३८ सर्वसाधारणको ज्यान गएको थियो ।

उक्त घटनालाई गम्भीर गल्ती भन्दै आएको माओबादीले पीडितहरुको पक्षमा केही नगरेको भन्दै आलोचना हुदै आएको छ । माओबादीले भने आफ्ना विरोधीहरुले उक्त घटना उछाल्ने गरेको आरोप लगाउदै आएको छ । माढीको मेयरमा माओबादी केन्द्रका उम्मेदवार बिजयी बनेका छन भने माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।

 

Loading...