डुबेर एकैघरका दुईको मृत्यु

तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्क नजिक रहेको पातुखोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । बुधवार अपरान्ह पौडी खेल्ने क्रममा एकैघरका दुईजनाको डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश साप्पकोटाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–११ हिउल्चाका लोकेन्द्र कवरका १२ वर्षीय छोरा राजकुमार कवर र १० वर्षीय कुमार कवर छन् ।

उनीहरू आजै सल्यानबाट दाङ आएका थिए ।

Loading...