एकायन करातेको महोत्तरी जिल्ला संघ गठन

    महोत्तरी, नेपाल एकायन कराते संघको महोत्तरी जिल्ला संघ गठन गरिएको छ । एकायन करातेका महोत्तरी जिल्ला प्रमुख निशान्त ठाकुरको अध्यक्षतामा ११ सदस्यीय महोत्तरी जिल्ला संघ गठन गरिएको छ । नवगठित संघको उपाध्यक्षद्वयमा पाण्डव भारती र प्रभु ठाकुर हजाम छन्् । सचिवमा सुवोध यादव र कोषाध्यक्षमा सत्रुध्न प्रसाद यादव चयन भए । सदस्यमा कन्चन लामिछाने, अजय कुमार कुशवाह, श्याम ठाकुर, राम एकबाल गुप्ता, प्रदिप भुजेल र कृता कार्की यादव छन्् । महोत्तरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितेन्द्र कुमार चौधरी, नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोल, महोत्तरी जिल्ला एकायन कराते संघका नवनियुक्त सल्लाहकार रवि यादव र सत्य नारायण सिंहले मन्तव्य व्यक्त गरेका थिए ।

Loading...