जकार्तामा एक नेपाली गोली हानी मारिए

काठमाडौं, ३ माघ । मलेसियमा मारिएकाे भनेर समाचारमा अाएका नेपाली मलेसियामा नभर्इ इन्डाेनेसियामा मारिएकाे खुलेकाे छ । यसअघि उनी मलेसियन प्रहरीद्वारा मारिएकाे भन्ने समाचार प्रकाशित भएकाे थियाे । मारिएका नेपाली मलेसियामा नभर्इ इन्डाेनेसियामा मारिएकाे थाहा भएकाे हाे ।

मारिने व्यक्ति ३४ वर्षीय शरण तामाङ हुन् । लागू औषध तस्करको आरोपमा उनि मारिएकाे प्रारम्भिक जानकारी अाएकाे छ । लागू औषध तस्करको आरोपमा इन्डोनेसियन प्रहरीले उनको हत्या गरेको संचार माध्यमहरुले जनाएका छन । प्रहरीले पक्राउ गरेपछि भाग्न खोज्दा उनको ज्यान गएको प्रहरीको जिकिर छ ।

जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले जानकारी गराए अनुसार तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए । प्रहरी ग्राहक बनेर उनीसम्म पुगन सफल भयो तर आफ्ना साथीहरु देखाउन जाने क्रममा भाग्न खोजेपछि कारवाही हुदा उनी मारिए । उनको साथबाट प्रतिबन्धित ५२ ग्राम लागू औषध बरामद भएको प्रहरीको दावी छ ।

यसअघि प्रारम्भिक जानकारीमा तामाङ मलेसियामा मारिएकाे जानकारी अाएकाे थियाे । ननस्टपखबरले याे  मलेसियन प्रहरीद्वारा तामाङ मारिएकाे समाचार प्रकाशित गरेकाे थियाे । समाचार अाएलगत्तै ननस्टपखबरका शुभचिन्तक तथा मलेसियामा रहेका नेपालीहरु मलेसियास्थित नेपाली दुतावासमा पुगेका थिए । दुतावासले सबैतिर जानकारी लिँदा उक्त घटना इन्डाेनेसियामा भएकाे थाहा भएकाे थियाे । 

स्राेतकाे कमजाेरीका कारण याे समाचार प्रकाशित भएकाेमा हामी पाठकप्रति माफी माग्दछाै । 

 

Loading...