एमाले सांसद मनाङे सपथ खानै नपार्इ जेलघरमा, सिलवाल अझै फरार

काठमाडौं, २ माघ । गुण्डा नाइके राजिव गुरुङ ‘दीपक मनाङे’ सांसद पद खोसिएको छ । नेकपा एमालेको पूर्ण सहयोगमा मनाङ प्रदेशसभा ‘ख’ बाट निर्वाचित दीपक मनाङे संसद भवनमा होइन जेल जाने भएका छन् । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेपछि उनको सांसद पद नहरने भएको छ ।

मंगलबार १४ वर्ष पुरानो ज्यान मुद्दामा सर्वोच्च अदालतले छ वर्ष जेल सजाय सुनाएपछि उनी सांसद पद खोसिएको हो । चुनावमा एमालेले आफ्नो आधिकारिक उम्मेदवारलाई फिर्ता लिएर मनाङेलाई जिताएको थियो । गुण्डा नाइकेलाई उम्मेदवारी दिएको भन्दै चौतर्फी विरोध हुन थालेपछि एमालेले एक कार्यकर्तालाई उम्मेदवारी दर्ता गर्न लगाएको थियो । विस्तारै विरोध मत्थर भएपछि आधिकारिक उम्मेदवारलाई फिर्ता गरेर मनाङेलाई सघाएको थियो ।

नेपालको संविधानमा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति सांसद बन्न नसक्ने व्यवस्थाअनुसार अब मनाङे पद घुमेको हो । संविधानको धारा १७८ को उपधारा ‘घ’ मा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति प्रदेशसभा सांसद बन्न अयोग्य हुने उल्लेख गरिएको छ ।

गुण्डाराज छोडेर मनाङे राप्रपा प्रवेश गरेर मनाङको जिल्ला अध्यक्ष बनेका थिए । चुनावको मुखमा एमालेमा प्रवेश थिए । मनाङेले १ हजार ४ सय १० मत ल्याएर विजयी भएका थिए । उनले नेपाली कांग्रेसका कर्म गुरुङलाई पराजित गरेका थिए ।

एमालेका अर्का सांसद नवराज सिलवाल फरार छन् । ललितपुरबाट निर्वाचित सांसद सिलवाललाई प्रहरीले खोजि गरिरहेको छ । मनाङेले डर धम्की देखाएर जितेको अारोप नेपाली काँग्रेसले लगाउँदै अाएको छ । पुनः चुनाव भए अाफूले जित्‍ने दाबी कर्म गुरुङले गर्दै अाएका छन् । चुनाव जितेसँगै मनाङेले अाफू प्रदेशको मन्त्री हुने दाबी गर्दै अाएका थिए । उनको मन्त्री हुने सपना सफल हुन सकेन ।

Loading...