प्रेमीले दिएको औठीको सुरक्षाका लागि निजी अंगरक्षक राख्ने मोडल

मोडल तथा व्यवसायी पेरिस हिल्टनले आफूलाई बढी नै असुरक्षित महसुस गर्न थालेको चर्चा सामाजिक सञ्जालतिर हुन थालेको छ। उनले आफ्नो सुरक्षाका लागि निजी सुरक्षाकर्मी भाडामा लिएपछि यस्तो चर्चा चलेको हो।

आफ्नो र भावी श्रीमान् क्रिस जिल्काले दिएको २० लाख अमेरिकी डलर पर्ने औँठीको सुरक्षा गर्न उनले निजी सुरक्षाकर्मी हायर गरेकी हुन्। हालसालै क्रिस र पेरिसले इन्गेजमेन्ट गरेका थिए।

सोही अवसरमा क्रिसले उनलाई अत्यन्तै महँगो अौंठी लगाइदिएका थिए। त्यति महँगो औँठी लगाएपछि उनीमाथि हमला हुने, उनी लुटपाटको शिकार हुने जोखिम बढेको चर्चा चलेका बेला यस्तो दुर्घटना रोक्न उनले बेलैमा निजी सुरक्षाकर्मी व्यवस्था गरेको उनी निकट स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

Loading...