ब्ल्याकमेलिङको आरोप पुष्टि गर्न सुमार्गीलार्इ सिरोहियाको चेतावनी

काठमाडाैं, २ माघ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि लगाएको आरोप पुष्टि गर्न व्यवसायी अजेयराज सुमार्गीलाई चेतावनी दिएका छन्।

अाफूले सुमार्गीलार्इ धम्की नदिएकाे उनले प्रष्ट पारेका छन् । यदि कुनै माध्यामबाट धम्की दिएकाे भए प्रष्ट पार्न उनले बताएका छन् । सिराेहियाले भनेका छन, ‘मैले पहिले बेचेकै मूल्यमा जग्गा फिर्ता गर्न धम्क्याएको हो भने कुन माध्यमबाट धम्क्याएँ, फोनबाट, म्यासेजबाट, भेटेर वा मेरो परिवार, मेरो सम्पादक, नजिकका साथीभाइमार्फत धम्क्याएँ । प्रमाणविहीन झुठा कुरा हुन् यी। म ‘ब्ल्याकमेलिङ’ को आरोप प्रमाणित गर्न चुनौती दिन्छु।’

सिरोहियाका अनुसार ०७२ वैशाख भूकम्पपछिको एक दिन सुमार्गी कान्तिपुर गएका थिए। ‘त्यसपछि उनीसँग मेरो भेटघाट छैन’, उनले भने। उनले आफूमाथि लगाएका आरोप प्रमाणित भए, त्यसबापत हुने जुनसुकै सजाय भोग्न आफू तयार रहेको पनि बताए। ‘मलाई लगाइएको आरोप प्रमाणित भए सार्वजनिक माफी माग्न, जेल जान सबै तयार छु,’ उनले थपे, ‘नभए सुमार्गीले सजाय भोग्नुपर्छ। यसमाथि छानबिन होस्।’

Loading...