गोविन्द वियोगी पत्रकारिता पुरस्कार पत्रकार देवकोटालाई

काठमाडाैं । सम्पादक समाजले नयाँ पत्रिका दैनिकका सम्पादक कृष्णज्वाला देवकोटालाई यसवर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार बिहीबार प्रदान गरिने समाजले जनाएको छ ।

पुस २३ गते बसेको समाजको कार्यसमिति बैठकले सम्पादक देवकोटालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । वरिष्ठ उद्योगपति स्व. मोहनगोपाल खेतानको सहयोगमा यो पुरस्कार स्थापना गरिएको हो ।

सम्पादक समाजका अनुसार गोविन्द वियोगी पत्रकारिता पुरस्कारको राशि २५ हजार १ रुपैयाँ छ । यसैगरी समाजले नेपाल टेलिभिजनका पत्रकार अनिता विन्दुलाई गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कारको राशि १५ हजार १ रुपियाँ छ ।

समाजले यसवर्ष नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, रेडियो नेपालका तत्कालीन अंग्रेजी समाचार सम्पादक हरिशचन्द (माइकल चन्द) र द टेलिग्राफका प्रधान सम्पादक नरेन्द्र उपाध्यायलाई सम्मान गर्ने भएको छ ।

Loading...