यसरी भत्कियो नायिका अस्मिता र गोपालको सँगै जिउँने मर्ने सपना

काठमाडौं । आफुलाई अत्यन्तै माया गर्ने जोडी नायिका अस्मिता बस्नेत मोडल गोपाल ज्ञवालीको सँगै जिउँने मर्ने सपनामा तुषारपात लागेको छ ।

एकले अर्कालाई धेरै माया गर्ने समर्पित जोडी अस्मिता बस्नेत र गोपाल ज्ञवलीको मायामा अचानक तगारो लागेको छ अनि सपना भत्किएको छ । यो सबै वास्तविकता नभई हालै सार्वजनिक भएको गीति भिडियोको कथा हो । पुर्बेली जुनतारा म्युजिक प्रा.लि.को प्रस्तुतिमा सपना त एउटै थियो बोलको मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ ।

सन्तोष जर्घा मगरको शब्दमा प्रियजन राईको स्वर सजिएको उक्त गीतमा प्रियजन राई र टिका पुनको स्वर रहेको छ । अस्मिता र गोपालका अलावा मनिल र उमाको समेत अभिनय रहेको भिडियोको छायाँकन जनकराज अधिकारीले गरेका छन् भने निर्देशन तथा सम्पादन तुलसी बाँस्कोटाको रहेको छ ।

हेर्नुहाेस भिडियाे

  

Loading...