किम जोनसँग के ट्रम्पकाे सम्बन्ध छ ?

काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग सम्बन्ध भएको भनिएको समाचारको खण्डन गरेको छ ।

अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा छापिएको समाचार सत्य नभएको, तथा राष्ट्रपति ट्रम्पलाई गलत उद्धरण गरिएको ह्वाइट हाउसले शनिबार स्पष्ट गरेको हो । उक्त पत्रिकालाई दिएको अन्तरवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो राम्रो सम्बन्ध रहेको भनेका थिए ।

तर राष्ट्रपति ट्रम्पले त्यसो नभनेको बताउँदै उक्त समाचारको खण्डन गरिएको छ । ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डरर्स्ले भने, ‘राष्ट्रपति ट्रम्पले त्यसो भन्नुभएको छैन ।’ उनले आफ्नो सम्बन्ध उत्तर कोरियाली नेतासँग राम्रो रहेको भनेर सो अन्तरवार्तामा नभएको विज्ञप्तिमा प्रवक्ताले उल्लेख गरेका छन् ।

उक्त अन्तरवार्ताको अडियो रेकर्ड ह्वाइट हाउसका प्रवक्ता स्यान्डर्स् र सो वाल स्ट्रिट जर्नल पत्रिकाले पनि वेभसाइटमा राखेको छ ।

Loading...