४० विद्यार्थी यात्रारत डुङ्गा दुर्घटना, चारको मृत्यु

एजेन्सी । महाराष्ट्रको दाहनुबाट करिब तीन किलोमिटर टाढा शनिबार ४० विद्यार्थी यात्रारत एउटा डुङ्गा दुर्घटनाग्रस्त भएको स्थानीय सामुद्रिक सुरक्षा गार्डका जनसम्पर्क अधिकृतले बताएका छन्् ।

उनले बिहान भारबहन क्षमताभन्दा बढी यात्रु लिएर हिँडिरहेको डुङ्गा समुद्रमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको र ३२ जनालाई सकुशल उद्धार गरिएको बताए ।

प्रारम्भिक अनुसन्धानबाट डुङ्गाले भारबहन क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गरिरहेको अवस्थामा उक्त दुःखद घटना भएको अनुमान लगाइए पनि घटनाबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको उनले बताए ।

अझै केही विद्यार्थी समुद्रमा फसेको आशङ्कामा उद्धार जारी रहेको सामुद्रिक सुरक्षा गार्डले बताएका छन् । दाहनु भारतीय र मुम्बई शहरबाट ११० किलोमिटरको दूरीमा अवस्थित छ ।

उद्धारका लागि दामनबाट हेलिकोप्टर तथा मुम्बईलगायतका क्षेत्रबाट तालीमप्राप्त समूहसहित डुङ्गालाई घटनास्थल वरपर तैनाथ गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

Loading...