कक्षा ११ को नियमित तर्फको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक (नतिजा हेर्नुहाेस)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत असारमा लिइएकाे कक्षा ११ को नियमित तर्फको नतिजा सार्वजनिक भएको छ । बाेर्डले शनिबार बेलुकी नतिजा सार्वजनिक गरेको हो । बोर्डले यसपटकदेखि कक्षा ११ काे नतिजा पनि ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेकाे हाे ।

बोर्डले कक्षा १० को एसइइ परीक्षाकै जस्तै कक्षा ११ को नतिजा पनि नौ ग्रेडमा विभाजन गरेर सार्वजनिक गरेको छ । तर, एसइइ परीक्षामा समग्र ग्रेड दिने गरिए पनि कक्षा ११ को नतिजा भने हरेक विषयको छुट्टाछुट्टै विषयगत ग्रेड दिइएको छ । विद्यार्थीहरुले कुन विषयमा कुन ग्रेड आयो भन्ने मात्रै थाहा पाउने भएका छन् । ११ को परीक्षामा विद्यार्थीको विषयगत रुपमा ग्रेड छुट्टयाइए पनि एकमुष्ट नतिजामा यस्तो ग्रेड दिइएको छैन ।

९० देखि एक सयसम्म ल्याउनेको बिषय ग्रे ए प्लस हुन्छ। त्यस्तै ८० देखि ८९ सम्म ल्याउनेको ए, ७० देखि ७९ अंक ल्याउनेको बी प्लस, ६० देखि ६९ सम्मको बी, ५० देखि ५९ अंक ल्याउनेको सी प्लस, ४० देखि ४९ सम्म अंक ल्याउनेको सी, ३० देखि ३९ सम्मको डी प्लस, २० देखि २९अंक ल्याउनेको डी र ० देखि १९ अंक आउने विषयको ग्रेड इ लेखिएको हुन्छ।

विद्यार्थीले कुनै एक विषयमा डी प्लस वा डि भन्दा कम ग्रेड ल्याएको रहेछ भने माघ २७ गते हुने ग्रेड वृद्धि मौका परीक्षामा सहभागी हुन पाउने बोर्ड अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले जानकारी दिए । पौडेलका अनुसार ७४ जनाको परीक्षा रद्ध भएको छ भने १ जनाको स्थगित गरिएको छ ।

गत असार पहिलो साता सम्पन्न भएको परीक्षामा तीन लाख ४७ हजार सात सय ४८ जना सहभागी थिए। परीक्षा सम्पन्न भएको सात महिनापछि नतिजा सार्वजनिक भएको हो।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस

 

Loading...