मान्छे झुक्याउनलाई यहाँ मायावी अावरण छ

गजलकार : हिमालचन्द्र बराल

प्रत्येक परिणामकाे पछाडि एउटा कारण छ

मान्छे झुक्याउनलाई यहाँ मायावी अावरण छ

बृक्षबाट झर्नै पर्छ अाेइलाएपछि पातहरु

मान्छेकाे दुश्मन अाफ्नै तामसी अाचरण छ

पहिले जे अद्भुत लाग्छ हेर्दै जाउ,लाग्छ फिक्का

असाधारण त त्यो हाे जुन नितान्त साधरण छ

सुरक्षाघेरामा नै असुरक्षित छन् कानुनहरु

अदालतमै किन निसाफकाे अपहरण छ?

एक्लाे हुन काेही चाहँदैन,खाेज्छ भ्रमकाे साथ

अचेल लाम त्यहीँ छ जहाँ विषकाे वितरण छ

Loading...