देशभरका नर्सहरु अान्दाेलनमा

काठमाडाैं, २८ पुस। ११ बुँदे माग राख्दै देशभरका नर्सहरु अान्दाेलनमा उत्रिएका छन् । नेपाल नर्सिङ्ग संघको आवहानमा देशभरका नर्सहरुले वुधवारबाट आन्दोलित भएका हुन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले ३ जना नर्सलाई निस्काशन गरेपछि नर्सिङ संघले अान्दाेलनमा जाने निर्णय गरेकाे हाे ।

निष्कासित नर्सहरुको पुर्नवहालीको माग गर्दै आन्दोलनमा उत्रेका दभरका नर्सहरुले पहिलाे दिन अाज १ घण्टा काम छाडेका छन् । हातमा कालो पट्टी बाँधेर अान्दाेलन सुरु गरेका नर्सहरुले बुधवार विहान १० देखि ११ बजेसम्म देशभरका नर्सिङ सेवा ठप्प पारे। उनीहरुले आइतबारसम्म प्रत्येक दिन १० बजेदेखि ११ बजेसम्म सेवा ठप्प पार्ने जनाएका छन् ।

त्यस्तै, माघ १ गतेदेखि ३ दिनसम्म विहान १० बजेदेखि ३ घण्टा ड्युटी छाड्ने तथा ४ गते देखि ७ गते सम्म ड्युटीमै नजाने गरी आन्दोलनको कार्यक्रम तय गरिसकेका छन् ।

‘विभिन्न ११ सुत्रीय माग राखेर आन्दोलन गर्दा पनि सुनुवाई नभएपछि हामी यो आन्दोलन गर्न बाध्य भएका हौ’, नेपाल नर्सिङ्ग संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले भनिन्, ‘मागप्रति सरकारको सुनुवाई नभए हामी दोश्रो चरणको आन्दोलन गर्न बाध्य हुनेछौं ।’

संघले नर्सहरुमाथि भएका श्रम शोषण, अधिकार सहितको नर्सिङ्ग सेवा महाशाखा पुर्नस्थापना गरिनु पर्ने, स्कुलमा नर्स राखिनु पर्ने, मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सहरुको पुर्नबहाली लगायतका माग राख्दै आएको छ । उक्त मागप्रति एक्यवद्धता जनाउदै देशभरका नर्सहरु आन्दोलनमा उत्रेका छन् । 

नेपाल नर्सिङ्ग संघले पहिलाे चरणमा अाफ्ना माग पूरा नभएमा दाेस्राे चरण जाने र दोश्रो चरणको आन्दोलन अझै सशक्त हुने चेतावनी दिएको छ ।

Loading...