राष्ट्रिय कवड्डी प्रतियोगिताको पुरुष तथा महिला दुबैतर्फ नेपाल आर्मी

बर्दिया । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशीप कप कवड्डी प्रतियोगिताको पुरुष तथा महिला दुबै तर्फ नेपाल आर्मी फाइनलमा प्रवेश गरेको छ । आर्मी पुरुष तर्फ मध्यमाञ्चललाई ५०–२१ र महिला तर्फ नेपाल प्रहरीलाई ५१–२४ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

बर्दियाको भुरिगाउँमा आयोजित राष्ट्रिय प्रतिस्पर्धामा पुरुष तर्फ पश्चिमाञ्चलले पनि शसस्त्र प्रहरीलाई हराउँदै फाइनलमा पुगेको छ । शसस्त्र प्रहरीलाई ४१–२४ अंकले पश्चिमाञ्चलले पराजीत गरेको हो । महिला तर्फ सुदुरपश्चिम र मध्यमाञ्चल विच प्रतिस्पर्धा भैरहेको आयोजकले जनाएको छ ।

सेमी फाइनल सकिए लगत्तै पुरुष तर्फ आर्मी र पश्चिमाञ्चल महिला तर्फ आर्मी र सुदुरपश्चिम वा मध्यमाञ्चल विच फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

Loading...