ट्वाइलेटमा नातेदारसँग आपत्तीजनक क्रियाकलाप गर्दै गर्दा सेनाका बहालवाला मेजर यसरी परे फन्दामा

काठमाडौं । एसएलसीजस्तै फलामे गेट नेपाली सेनाको मेजरबाट धेरै माथि उक्लिनका लागि उत्तीर्ण गर्नुपर्ने स्टाफ कलेज प्रवेश परीक्षा दिन काठमाडौं आएका मेजर प्रभवविक्रम शाह परीक्षास्थलमा हैन, अन्यत्रै अल्मलिँदा ठूलो समस्यामा छन् । बाग्लुङस्थित २३ बाहिनीमा पोष्टिङ भएका उनी स्टाफ कलेज इन्ट्रान्सका लागि छुट्टीमा आएका थिए । १९ गतेदेखि इन्ट्रान्स, तर १४ गते नै अर्को ‘इन्ट्रान्स’ मा छिर्दा आपतमा परेका हुन् ।

बुद्धनगरस्थित आफन्तको घरमा पहिला पनि आऊ–जाऊ गर्थे । सेनाको करिअरवाला अफिसरले नराम्रो केही गर्लान् भनेर कसैले सोच्ने कुरा पनि भएन । तर, आएका बेला परिवारका अरु सदस्यको त्यति ख्याल नगर्ने, गाउँबाट पढ्न आएकी र परिवारसँगै बस्ने किशोरीलाई बढी समय दिने । परिवारका सदस्यले किशोरीलाई सोधे, तर उनले ‘अंकलले खाने कुरा ल्यादिनुहुन्छ’ मात्र भन्ने गरेकी थिइन् । यसचोटि आएको बेला घरका सदस्यले निगरानी गरे । शौचालयको भेन्टिलेटरबाट हेरे । दृश्य सामान्य थिएन । प्रभव किशोरीबाट यौन व्यवहार गराइरहेका थिए । उनलाई हात र मुखबाट मैथुन गर्न लगाउने काममा थिए । परिवारका सदस्यले प्रहरीलाई फोन गरे ।

प्रहरी पुग्दासम्म उनीहरु बन्द कोठाभित्रै । ढक्ढक्याएको केही समयपछि मात्रै ढोका खोले । प्रहरीले सोध्यो, ‘हामीलाई यहीँबाट आएको इन्फर्मेशनका आधारमा हजुरलाई लिन आएको ।’ प्रभवले जान आनाकानी गरे । आफ्नो परिचय बताए । सैनिक मुख्यालयको अनुमतिबिना लैजान नमिल्ने अडान लिए । तर, प्रहरीले मानेनन् । यसबीच किशोरीलाई परिवारका सदस्यले आफूतिर लगे । अस्वीकार गर्दागर्दै पनि मेजर प्रहरीको गाडीमा चढाइए ।

प्रहरी कार्यालयमा पुगेपछि भने, ‘त्यस्तो केही होइन । मैले उसलाई पढाईको लागि सपोर्ट गर्ने गरेको छु । काठमाडौं आएको बेला खर्च छोडेपछि कपी, कलमहरु किनिदिएर पढाईको बारेमा सोध्दै थिएँ ।’ प्रहरीले भने, ‘हामीलाई एसईए (सेक्सुअल एक्सप्लोइटेशन एण्ड एब्युज) मा रिपोर्ट आएको छ ।’ उनले ‘इम्पोसिबल’ भन्दै अस्वीकार गरे । तर, एकछिनमै किशोरी त्यहाँ पुगिन् । उनले पनि सीधै केही भनिहाल्न सकिनन् । प्रहरीले सोधे, ‘अंकलले तिमीलाई के–के गर्नुभयो, नडराई भन !’ किशोरीले सुनाइन्, ‘मैले नाइँ भन्दाभन्दै पनि अंकलले केही हुँदैन भनेर विभिन्न ठाउँमा चुप्पा गर्न लगाउनुभयो….!’

प्रहरीले किशोरीको बयान र स्वास्थ्य परीक्षण गरायो । निरन्तर रक्तस्राव भइरहेको रिपोर्ट आयो । महिनावारी पनि शुरु नभएकी किशोरीको त्यस्तो हालत हुनुको एउटै कारण हुन्छ, यौन सम्पर्क । प्रहरीले सेनाको हाकिम समातिएपछि सैनिक प्रहरीलाई खबर गर्नैपर्ने भयो । त्यहाँ पुगेका सैनिक प्रहरीका हाकिमले प्रभवलाई आफूहरुकै हिरासतमा राखिने र सैनिक ऐनअनुसार आवश्यक कानुनी कारवाही गर्ने भनी जिम्मा लिन खोजे । तर, प्रहरीले प्राविधिक समस्या दर्शायो । संवेदनशील घटनामा मानिस पक्राउ गरेपछि न्यायिक निकायमा पेश नगरी छाड्न मिल्दैन । सैप्रका मेजरको दावी थियो, ‘सेना पनि न्यायिक निकाय हो । आफ्नै अदालत छ । सैनिक परिवारका सदस्यलाई कारवाही गर्ने अलग्गै कानुनी अधिकार पनि छ ।’

यसपछि सेनाका थुप्रै उच्चपदस्थ अधिकारी र प्रहरीकै पनि केही उच्चपदस्थ अधिकारीले उनलाई सैप्रको जिम्मा लगाउन दबाब दिए । तर, प्रहरीले मानेन । १४ गते शुक्रबार पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा १६ गते आइतबार जबरजस्ती करणीमा मुद्दा दायर गरेपछि मात्रै सैनिक प्रहरीको जिम्मा लगाइएको छ ।

सामान्यतया यस्ता घटनामा मुद्धा दायर गरेपछि पक्राउ परेको व्यक्तिलाई पूरै दिन (२४) हिरासतमा राखी अनुसन्धान गर्नुपर्छ । तर, किशोरीको स्वास्थ्य परीक्षणसमेत भइसकेको अवस्थामा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन सक्छ । अहिले प्रभवलाई अनुसन्धानका लागि हिरासतमा राख्ने गरी अदालतले ७ दिनको म्याद दिएको छ । तर, उनी प्रहरी खोरमा नभएर सैनिक हिरासतमा छन् । जनआस्थाबाट ।

Loading...