डोल्पामा भीषण आगलागी, ७ घर जलेर नस्ट

दुनै, २६ पुस । डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं ९ होर्त गाउँमा बुधवार बेलुकी भीषण आगलागी भएको छ।

आगलागीबाट सात घर पूर्ण रुपमा जलेर नष्ट भएको र नियन्त्रणमा लागि प्रहरीको टोली घटनास्थल पुगिसकेको जिप्रका डोल्पाका प्रहरी नायव निरीक्षक यम बहादुर मल्लले जानकारी दिए। आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ।

प्रहरी र विभिन्न गाँउबाट आएका सर्वसाधारणले संयुक्त रुपमा आगलागी नियन्त्रणको प्रयास भइरहेपनि अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।

आगलागीबाट पशुबस्तुको समेत क्षति भएको प्रहरीले जानकारी दिएको छ। आगलागी भएको मुड्केचुला गाउँपालिका अन्तर्गत पर्ने होर्त गाउँ पुग्न सदरमुकाम दुनैदेखि दुई दिन लाग्छ।

Loading...