मकवानपुरका ४ पत्रकार यातायात पत्रकारिता पुरस्कारबाट पुरस्कृत

हेटौँडा, २६ पुस । नारायणी यातायात पत्रकारीता पुरस्कारबाट आज मकवानपुरका ४ जना पत्रकार सम्मानित भएका छन् । यातायात व्यवसायीहरुको ठुलो संगठन नारायणी यातायात व्यवसायी संघको ३१ औं साधारणसभा समारोहमा पत्रकारहरुलाई सम्मान गरीएको हो ।

समारोहले भूगोल न्यूज डट्कमका तिलक अधिकारी, अन्नपुर्ण पोष्टका मकवानपुर जिल्ला संवाददाता कृष्ण सारु मगर, रेडियो नेपालका जिल्ला संवाददाता गणेश दर्पण अधिकारी र कान्तिपुर पत्रिकाका होम कार्कीलाई सम्मान गरेको हो । उनीहरुलाई नेपाल सरकारका उपराष्ट्रपति नन्द बहादुर पुनले सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बाेल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वजनिक यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनु जरुरी रहेको बताए ।

हेटौँडामा शुरु भएको नारायणी यातायात व्यवसायी संघको ३१ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले जीर्ण सडक, थोत्रा सवारी र सवारी चालकको लापरबाही कारण मानवीय क्षति बढ्नु दुःखद भएको उल्लेख गरे । उनले पाँच महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सडक पाँच वर्षमा पनि सम्पन्न नहुने समस्या समाधान गर्न निर्माण व्यवसायीसँग पनि आग्रह गरे ।

सो अवसरमा ‘निरशंकर श्रेष्ठ यातायात क्षेत्र’ सम्मान प्रतिष्ठित व्यवसायी अजेयराज सुमार्गी, राधाकृष्ण गोर्खाली, तीर्थ बस्नेत र दिपेन्द्र रेग्मीलाई प्रदान गरिएको थियो । नारायणी यातायात पत्रकारिता पुरस्कारबाट मकवानपुरका सञ्चारकर्मी गणेशदर्पण अधिकारी, कृष्ण सारु, होम कार्की र तिलक अधिकारी सम्मानित भएका छन् ।

‘फत्तेमान डंगोल स्मृति’ सम्मान दीपक लामालाई प्रदान गरिएको थियो भने ‘माधव अधिकारी उत्कृष्ट कर्मचारी’ पुरस्कार प्रेरणा लुईँटेल, शंकर थपलिया, विकास पौडेल, शम्भु कमली, प्रदीप हुमागार्इँ, शारदा भण्डारी, सुरेश महर्जन, रान्तबहादुर कोइराला, हरि दाहाल र निकेश ब्लोनलाई प्रदान गरिएको थियो ।

नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्री चौलागाईँको अध्यक्षतामा भएको कार्यक्रममा सवारी दुर्घटनामा मृत्यु भएका यातायात मजदुरका परिवारलाई संघले प्रदान गरेको थप तीन लाख अणुकुमारी कार्की खड्का र निर्मला मोक्तानलाई प्रदान गरिएको थियो ।

Loading...