गोविन्द केसीको स्वास्थ्यमा समस्या, बीर अस्पतालमा उपचार हुदै

अदालतको आदेशानुसमा अस्पताल भर्ना

 

 

पुस २५,काठमाडौँ /   अदालतमा बयान सकिए लगतै स्वास्थ्यमा समस्या देखिएपछि प्राध्यापक डाक्टर गोविन्द केसीलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।

अनशनमा रहेका डाक्टर केसीलाई सोमबार प्रहरीले सर्वोच्च अदालतको निर्देशनमा पक्राउ गरेको थियो। आज बिहान ९.४० मा अदालत उपस्थित गरिएका केसीलाई दिनभरि सर्वोच्च अदालतमा वयानका लागि उनलाई राखिएको थियो। वयानपछि उनलाई हिरासतमा नलगी उपचारका लागि अस्पताल लगिएको हो।

उनलाई आज वीर अस्पतालमा नै राखिने महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख अपील बोहराले जानकारी दिएको छ ।
‘अदालतको आदेशानुसार नै उहाँलाई अस्पताल भर्ना गरिएको हो,’ उनले भने।

सर्वोच्च अदालतको अपहेलना मुद्दामा उनलाई पक्राउ गरिएको थियो। भोलि बिहान १० बजे सर्वोच्चमा केसीविरुद्धको मुद्दामा बहस हुने  बताइएको छ ।
 

Loading...