प्रचण्डलार्इ अध्यक्ष बनाउन बहस गर्ने एमाले नेताहरुमाथि केपीले गरे यस्तो कारवाही (विज्ञप्ती)

काठमाडौं, २५ पुस । एमालेले पार्टी एकता र नेतृत्वबारे सार्वजनिक अभिव्यक्ति नदिन पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

अध्यक्ष केपी ओली निवास बालकोटमा सोमबार बसेको स्थायी समिति बैठकले एकता प्रक्रिया, पार्टीको मार्गदर्शक सिद्धान्त र नेतृत्बारे नबोल्न नेताहरुलाई कडा निर्देशन दिएको हो । ‘एकीकरणलाई असहज तुल्याउने गरी सार्वजनिक सञ्चारमाध्यमबाट नीति, नेतृत्व र एकताका अन्य पक्षका बारेमा आफ्ना निजी धारणाहरु चर्चामा नल्याउन आम पार्टी पंक्तिलाई निर्देशित गर्दछ’, बैठकपछि सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । एमालेका केही नेताले एकतापछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी ओली भन्ने अभिव्यक्ति दिएका थिए ।

यस्तै घनश्याम भुसालले एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको एक्काइसौं शताब्दीको जनवाद दुवैको सान्दर्भिकता सकिएको भन्दै पथप्रदर्शक सिद्धान्त नयाँ विकास गर्नुपर्ने बहस चलाइरहेका छन् । स्रोतका अनुसार जबज छाड्ने र प्रचण्डलाई पार्टी अध्यक्ष बनाउनुपर्ने अभिव्यक्ति दिने नेतालाई लक्षित गरी स्थायी समितिले एकताका सबै प्रक्रियाबारे बाहिर बोल्न रोक लगाएर अप्रत्यक्ष कारवाही गरेको हो । स्थायी समितिले दुई पार्टीबीच एकता हुनेमा आशंका नगर्न आग्रह गर्दै एकता प्रक्रियाबारे बाहिर चलेका अफवाहका पछि नलाग्न पनि एमालेले पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

फरक प्रसंगमा एमालेले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको एक महिना बित्दासमेत सरकार छाड्न आनाकानी गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको रबैयाप्रति आपत्ति जनाएको छ । निर्वाचन आयोगले कानूनी छिद्रको अपव्याख्या गर्दै निर्वाचन परिणाम रोकेकामा पनि असन्तुष्टि व्यक्त गरेको छ ।

यस्ताे छ विज्ञप्ती

Loading...