डा. गोविन्द केसी अनसनस्थलबाटै गिरफ्तार

काठमाडौँ, २४ पुस । डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले उनलाई अनसन बसिरहेकै अवस्थाबाट पक्राउ गरेको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले ‘अदालतको अवहेलना’ मुद्दामा ‘केसीलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनु’ भनी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश दिएको थियो।

प्रहरी उच्च स्रोतका अनुसार केसीलाई पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। स्रोतले भन्यो, ‘हामीले पक्राउ गरेका छौं। उहाँलाई सिंहदरबारमा राखिएको छ। सम्मानित अदालतको आदेश अनुसार भोलि सर्वोच्चमा उपस्थित गराइने छ।’


डाक्टर गोविन्द केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका प्रहरी शिक्षण अस्पताल महारजगन्जतर्फ पुगेका छन्। प्रहरी उच्च स्रोतका अनुसार केहीबेरमा उनलाई अनसनस्थल शिक्षण अस्पताल महाराजगन्जबाट पक्राउ गरिने छ।

डा. केसीलाई पक्राउ गरेर सिंहदरबार प्रहरी वृत्तमा राखिने जनाइएको छ। स्रोत भन्छ, ‘हामीले सर्वोच्चको आदेश पालना गर्दै केसीलाई पक्राउ गर्न लागेका हौं। उहाँलाई सिंहदरबार प्रहरी वृत्तमा राखिने छ।’

सोमबार अपरान्ह प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार विहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको थियो। न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले ‘अदालतको अवहेलना’ मुद्दामा ‘केसीलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनु’ भनी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश दिएको थियो।

Loading...