दक्षिण र उत्तर कोरियाबीच चीनमा भयो गोप्य वार्ता, अमेरिका फेरि त्रसित

काठमाडौं । अमेरिकालाई छल्दै दक्षिण कोरियाले उत्तर कोरियासँग गोप्य वार्ता गरेको छ । नयाँ वर्षको पूर्व सन्ध्यामा चीनमा भएको वार्ताको बताइएको छ । दक्षिण काेरियाले अाफूलार्इ छलेर उत्तरसँग वार्ता गरेपछि यतिबेला अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प त्रसित बनेका छन् । यसअघि उत्तरकाेरियालार्इ सिध्याउने धम्की दिँदै अाएका ट्रम्प उत्तरकाेरियाका राष्ट्रप्रमुख किम जाेङ उनसँग वार्ता गर्ने रहर देखाउन थालेका छन् ।

दुबै देशका खेल अधिकारीको उक्त वार्तापछि उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको अवसरमा दिएको सन्देशमा परमाणु हतियारको बटन टेबुलामा राखेर बसेको अमेरिकालाई चेतावनी दिएका थिए । उक्त सन्देशमा दक्षिण कोरियामा हुन लागेको रिओ ओलम्पिकमा सहभागी हुन सक्ने बताएका थिए ।

त्यस लगत्तै दक्षिण कोरियाले वार्ताको लागि आग्रह गरेको थियो । उक्त आग्रह उत्तरले स्वीकारसँगै दक्षिणले वार्ता टोलीको नाम पठाइसकेको छ । दुबै देशको सीमा क्षेत्रमा वार्ताको तयारी भइरहेको छ ।

यसैबीच उत्तर कोरियाले दक्षिण कोरियाको राजधानी सिओलमा हुने ओलम्पिक प्रतियोगितामा भाग लिने जनाएका छन् ।

उत्तर कोरियाका अन्तर्राष्ट्रि ओलम्पिकका प्रतिनिधि च्याङ यङले आफूहरुको सहभागीता हुने बताएका थिए । उनी चीनको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।

चीनमा डिसेम्बरमा भएको उत्तर र दक्षिण कोरियाका खेलकुद अधिकारीको गोप्य बैठकपछि मुन र किमको त्यस्तो धारणा आएको बताइएको छ ।

Loading...