रुक्माङ्गतलार्इ माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने प्रदेशमा प्रमुख बनाएर पठाउने देउवाको तयारी

काठमाडौँ, २३ पुस । सरकारले पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाललार्इ प्रदेश प्रमुख बनाउने तयारी गरेकाे छ । कटवालसहित त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालार्इ समेत प्रदेशकाे प्रमुख बनाउने तयारी शेरबहादुर देउवा नेतृत्वकाे सरकारले गर्न लागेकाे हाे । तर, यस विषयमा सहमति जुटिसकेकाे भने छैन ।

देउवा सरकारले कटवाललार्इ माअाेवादी केन्द्रकाे नेतृत्वमा प्रदेश सरकार बन्ने सम्भावना रहेकाे ६ नम्बर प्रदेश वा सात नम्बर प्रदेशमा पठाउने तयारी गरेकाे बुझिएकाे छ । देउवाले अान्तरिक सहमति जुटेमा कटवाललार्इ माओवादी केन्द्रले सरकार चलाउने सम्भावना रहेका ६ नम्बर र ७ नम्बर प्रदेशमा पठाउने तयारी गरेकेा उनी निकट स्राेतले जनाएकाे छ । माओवादीसँगको कटवालको पूरानो दुश्‍मनीलाई उपयोग गर्दै सरकारले उपयोग गर्ने बताइएको छ । विभिन्‍न कारणले नाम चलेका उनीहरुलाई नियुक्त गर्दा एमाले र माकेलाई विरोध गर्न नसक्ने अनुमान काँग्रेसले गरेको छ । माथि नाम लिइएका सबै काँग्रेस निकट ब्यक्तिहरु हुन् ।

प्रदेश प्रमु्ख नियुक्ति गर्ने सरकारले गरेको तयारी सबै अन्तिम चरणमा पुगिसकेकाे बताइन्छ । प्रदेशको अस्थायी तोक्ने र प्रदेश प्रमुखको नियुक्त गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएका थिए । तर, बैठकमा कुनै सहमति भएन ।

पाँच पार्टीको बैठकमा एमालेले सहमति नदिएपछि सरकारले एक्लैले प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सातओटै प्रदेश प्रमुख नियुक्त गर्ने बताइएको छ ।

सहमति भएको भए नेकपा एमाले र माओवादी केन्द्रले सिफारिस गरेका व्यक्ति पर्ने भए पनि सहमति भएको हुँदा सरकार आफैले चाहेका व्यक्तिलाई तोक्ने तयारी गरेको बताइएको छ । प्रदेश प्रमुख आलंकारी पद भएपनि महत्वपूर्ण मानिएको छ । राजनीतिक नियुक्त गर्ने संवैधानिक व्यस्था छ ।

Loading...