ब्रिटिश काउन्सिलमा नै हुन्छ लाखौमा प्रश्नपत्र बिक्री, कलेज सञ्चालकसहित १३ पक्राउ

काठमाडाैं, २३ पुस । काठमाडौंस्थित ब्रिटि स काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षामा प्रश्नपत्र किनबेच हुने गरेको खुलेको छ ।

प्रहरीले शुक्रबार राति चार सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये विद्यार्थीहरुलाई छाडिएको छ भने अन्यलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार प्रश्नपत्र आउट गराउँछु भन्दै विद्यार्थीहरुबाट मोटो रकम असुलेको भेटिएको छ । ‘विद्यार्थीसँग १ देखि २ लाखसम्म लिएको पाइएको छ’ प्रहरीले भनेको छ । लिक गरिएको प्रश्न र शनिबारका लागि तय भएको आईईएलटीएस परीक्षा मिलेको पाइएको छ ।

प्रहरीले यसबारे अनुसन्धान भइरहेको भन्दै थप बताएको छैन । घटनाबारे भोलि विस्तृत जनकारी गराइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Loading...