ललितपुर १ बाट बामदेवलार्इ जिताउन कमरेड ‘किर्तेबहादुर’लाई जेल पठाउने तयारी !

काठमाडौं, २१ पुस । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले पूर्व डिअाईजी तथा ललितपुरबाट निर्वाचित सांसद नवराज सिलवालाई जेल पाठएर त्यही क्षेत्रबाट वामदेव गौतमलाई जिताउने डिजाइन भएको हुन सक्ने अाशंका व्यक्त गरेका छन् ।

नेकपा एमालेप्रति कडा टिप्पणी गर्दै अाएका संग्रौलाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ”गुण्डा नाइके मनाङ्गेलाई माननीय भन्नुपर्ने, उता कमरेड किर्तेबहादुर राजधानीबाट बाहिरिए भन्ने सुनियो । हिजो ओलीले काँधमा बोक्या प्युसो आज किन फरार हुनुपर्ने अवस्था आयो ? कतै सिलवाललाई जेल पठाएर वामदेवलाई ललितपुरबाट जिताउने डिजाइन त होइन ? एमालेको राजनीति दैवले जानुन् ।”

संग्राैलाकाे स्टाटस यस्ताे छ

प्रहरीले सिलवाललाई पक्राउ पुर्जी काटेको छ तर उनी मलेसियामा छन् । अाफू फरार नभएर पूर्वनिर्धारित कार्यक्रमको सिलसिलामा देश बाहिर रहेको भन्दै सिलवालले अनुसन्धानमा सहयोग गर्ने उतैबाट बताएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गरी बुझाउन मंगलबार ललितपुर प्रहरीलाई पत्राचार गरेको थियो। पत्र प्राप्त गरेलगत्तै ललितपुर प्रहरीको टोली सिलवाल निवास पुगेको थियो तर सिलवाल भेटिएका थिएनन् ।

प्रहरी प्रमुख अाफूलाई बनाउन भन्दै अदालतमा किर्ते कागज तयार गरेर अदालतमा पेश गरेको खुलासा भएसँगै प्रहरीले सिलवाललाई सरकारी कागज किर्ते गरेको मुद्दामा अनुसन्धान गर्न प्रकाउ पुर्जी काटेको छ ।

किर्ते कागज गरेको पुष्टी भएपछि सिलवालको सांसद पद खारेज हुनेछ त्यो अवस्थामा उनेले जितेको क्षेत्रमा पुनः निर्वाचन गर्नुपर्ने हुन्छ । त्यसको लागि एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवार बनाउने एमालेभित्र चर्चा चलेको छ । गौतम बर्दियाबाट नेपाली काँग्रेस सञ्‍जय गौतमसँग पराजित भएका थिए ।

Loading...