सनराइज बैंकको नेतृत्वमा आँखुखोला जलविद्युत आयोजनाका लागि जुट्यो ४ अर्ब ७० करोड

काठमाडाैं । अाँखुखाेला जलविद्युत अायाेजनाकाे वित्तीय व्यवस्थापन सनराइज बैंककाे नेतृत्व हुने भएकाे छ । सनराइज बैंककाे नेतृत्वमा बैंक अफ काठमान्डू, सेन्चुरी बैंक, ज्योति विकास बैंक, प्रभू बैंक, लक्ष्मी बैंक र एनसीसी बैंकले पनि त्यसमा लगानी गर्ने भएका छन् ।

अाँखुखाेला जलविद्युत अायाेजना धादिङमा निर्माण हुन लागेको हाे । ४२.९ मेगावाटको याे अायाेजनामा सनराइज बैंकको नेतृत्वमा ४.७ बिलियन अर्थात् ४ अर्ब ७० करोड लगानी गर्ने सम्झौता भएकाे छ ।

हाइड्रो सोलुसनले निर्माण गर्ने आयोजनामा सनराइजले एक अर्ब लगानी गर्न लागेको छ भने अन्य बैंक आफ काठमान्डू, सेन्चुरी बैंक, ज्योति विकास बैंक, प्रभू बैंक, लक्ष्मी बैंक र एनसीसी बैंकले ५०-५० करोड लगानी गर्न लागेका छन् । आयोजनामा जलविद्युत् लगानी तथा विकास कम्पनीको पनि लगानी हुने आयोजनाले जनाएको छ । सोका लागि हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र बैंकका प्रतिनिधिहरूबीच हस्ताक्षरसमेत भएको छ ।

कूल ६ अर्ब ३० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले ४ अर्ब ७० करोड रुपैयाँ ऋण लगानी गर्न लागेको हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले जानकारी दिए । ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुन आयोजना काठमाडौंबाट १४० किमि दूरीमा रहेको हाइड्रो सोलुका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । उनका अनुसार, चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको सुरुङ ५ किमि छ ।

आयोजनाबाट उत्पादित विद्युत् ३० किमिको दूरीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली–३ ‘बी’ हबमा जोडिनेछ । ऋण सम्झौता कार्यक्रममा जलविद्यु विज्ञ अजयमणि दीक्षितले जलविद्युत् उत्पादनमा नेपालको निजी क्षेत्रमा उल्लेखनीय प्रगति गएको बताउँदै विद्युत् उपयोगिताका क्षेत्रलाई विस्तार गर्नुपर्ने बताए ।

कार्यक्रममा सोलुसनका अध्यक्ष प्रधानले बन्दीपुर क्याम्पसलाई ६८ लाख तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई २ लाख सहयोग हस्तान्तरण गरेका थिए । प्रत्येक वर्ष दुई लाख रुपैयाँको ब्याजबाट जलविद्युत्मा कलम चलाउने पत्रकारलाई फ्लोसिप दिने उद्देश्यले सहयोग गरिएको अध्यक्ष प्रधानले बताए ।

Loading...