सरकारले औषधि उत्पादकलाई सहुलियत दिने

काठमाडौ । औषधिमा भइरहेको आयातलाई विस्थापन गर्दै ब्यापार घाटा कम गर्न सहुलियत दिने सरकारको तयारी ।

स्वास्थ्यमन्त्री दीपक बोहराले आईसीयू तथा मुटु बिरामीलाई चाहिने औषधि र औषधिजन्य पदार्थ उत्पादन गर्नेलाई सरकारी सुविधा दिने जानकारी दिए । मन्त्री बोहराले स्वदेशी उत्पादनलाई अझै प्रोत्साहन दिंदै नेपाली औषधिलाई सर्वसुलभ बनाइने जानकारी दिए । ‘कतिपय नीतिगत कुराहरु हामीले गरिरहेका छौं,’ उनको भनाइ थियो, ‘आगामी सरकारले त्यसलाई भत्काउन सक्दैन ।’

मन्त्री बोहराले मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक ५ हजार रुपैयाँका दरले दिने भनिएको जिविकोपार्जन भत्ता सूर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमबाटै पुग्ने दाबी गरे । ‘कार्यविधिमै सुर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमको छुट्टै कोष खडा गर्ने भनिएको छ,’ उनले भने ।

Loading...