अवधी पाठ्यक्रम सामग्रीका लागि क्षेत्रको नक्साङ्कन

बाँके, १८ पुस । अवधी भाषा पाठ्यक्रम सामग्री निर्माणका विषयमा नेपालगञ्जमा अवधी क्षेत्रको नक्शांकन गरिएको छ ।

विश्व शिक्षाको सहकार्यमा बाँके युनेस्को क्लबले नेपालगञ्जमा आज आयोजना गरेको कार्यशालामा अवधीविज्ञ, शिक्षक, साहित्यकार तथा अगुवाको सहभागितामा सो नक्शांकन गरिएको हो । नेपालमा अवधी भाषिक भौगोलिक क्षेत्र तथा बोल्ने भाषा र स्थानका विषयमा छलफल गरेर ११ चरण पूरा गरी नक्शांकन गरिएको क्लबका अध्यक्ष प्रवेजअली सिद्दिकीले बताए ।

पश्चिम नेपाल नवलपरासीदेखि कञ्चनपुर जिल्लासम्म अवधी भाषीको भौगोलिक क्षेत्र रहेको छ । बाँके जिल्लालाई केन्द्र मानी अवधी भाषामा बालबालिकाका लागि पाठ्यक्रम तयार पारिनेछ ।

नक्शांकनपछि अब विद्युतीय सफ्टवेयरमा पाठ्यक्रम निर्माणको काम शुरु हुनेछ । पाठ्यक्रम तयार भएपछि कक्षा १, २ र ३ का विद्यार्थीलाई आफ्नै मातृभाषामा पढ्न, लेख्न र सिक्ने कार्यमा सहजता हुनेछ । कार्यशालामा विश्व शिक्षाका सीमा आचार्यसहित चार जनाको टोली संलग्न छ ।

Loading...