कारागारमा झडप हुँदा ९ जना कैदीको मृत्यु

काठमाडाैं । ब्राजिलको एक कारागारमा भएको झडपमा ९ जना कैदीबन्दीको मृत्यु भएको छ ।

एक समुहले हतियार सहित विपक्षी समुहको क्षेत्रमा प्रवेश गरेपछि झडप सुरु भएको बीबीसीले उल्लेख गरेको छ । गोलीबारी सुरु भएपछि १ सय भन्दा बढी कैदी भागेका थिए । भागेका मध्ये ३० जना कैदीलाई भने पुन: नियन्त्रणमा लिईएको छ ।

ब्राजिलमा क्षमता भन्दा बढी कैदी राखिने गरेका झडपका घटना हुने गरेका छन् । सुरक्षा अधिकारी पर्याप्त संख्यामा परिचालन नगर्दा झडपले उग्र रुप लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्रजिलका कारागारमा बन्दीहरुसँग मोबाईल फोन, लागुऔषध र हतियार समेत हुने गरेकाले घटना हुने गरेका छन् ।

Loading...