इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेड विजयी

म्यानचस्टर युनाइटेडले सोमबार राति इंग्लिस प्रिमियर लिगमा चार खेलयता पहिलो जित निकाल्न सफल रह्यो । अर्को खेलमा लिभरपुल पनि विजयी रह्यो ।

एन्थोनियो मार्टियल र जेसे लिन्गार्डको गोलले म्यानचेस्टरले एभरटनलाई २–० ले हरायो र ४७ अंकसहित फेरि दोस्रो स्थानमा उक्लियो । लिभरपुलले भने बर्नलीलाई २–१ ले हरायो ।

त्यसमा लिभरपुलका लागि ९० औं मिनेटमा रेग्नर क्लेभनले निर्णायक गोल गरे । लिभरपुलको ४४ अंकमा चौथो स्थानमा छ । चेल्सी एक खेल कम खेल्दै ४५ अंकमा तेस्रोमा छ ।

सोमबार रातिका अरु खेलमा न्यूकासल युनाइटेडले स्टोक सिटीलाई १–० ले हरायो भने लेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई ३–० ले पन्छायो । यसअघि ब्राइटन र बर्नमाउथले २–२ को बराबरी खेलेका थिए ।

Loading...