यसरी चलाइरहेको छ सनराइज बैंकले गोप्य ठगीधन्दा

काठमाडाैं, ९ पुस । आफुलाई अब्बल दर्जाको बैंक भन्दै प्रचार गराउने सनराइज बैंकले ग्राहकहरुलाई ठग्ने कार्य गरेको खुलासा भएको छ । सनराइज सेफ डिपोजिट लकर सुविधा, भिसाडेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, रेमिट्यान्स, सनराइज माइक्रो बैंकिङलगायत आधुनिक बैंकिङ सेवाहरुलगायतका आकर्षक नाराहरुमार्फत् उक्त बैंकले ग्राहकलाई आकर्षित बनाउने र ठगी गर्ने कार्य गर्दै आइरहेको एक ग्राहकले गुनासो गरे ।

सनराइज बैंकमार्फत विभिन्न कम्पनीका शेयर भर्दा प्रयोग गरिने आश्वा सेवामार्फत् ग्राहकहरुलाई ठगी गरिरहेका प्रमाण भेटिएका छन् । अन्य सबै बैंकमा निःशुल्क रहेको आश्वा सेवामा सनराइज बैंकले शुल्क लिँदै आएको छ ।

आश्चर्यको कुरा त के छ भने सो आश्वा शुल्कसमेत बैंकको शाखाअनुसार फरक–फरक पाइएको छ । सनराइज बैंक तीनकुने शाखामा आश्वा सेवा प्रयोग गरेबापत रु। १०० शुल्क लिइन्छ भने त्यही सेवा पाटन शाखामार्फत् लिए रु।पचास मात्र शुल्क लाग्छ । यसरी बैंकले लापरवाही ढङ्गले शुल्क लिएपछि बिहीबार सनराइज बैंक तिनकुने शाखामा ग्राहकहरुले विरोध जनाएका थिए । तर, बैंकका कर्मचारीहरुले यो बैंकको नियम हो, हामी केही गर्न सक्दैनौँ बरु खाता अन्य बैंकमा सार्नु भन्दै धम्क्याएको एक ग्राहकले बताए ।

यसरी ग्राहकहरु बैंकबाट प्रताडित भएको समाचार प्राप्त भएपछि सो बैंकको केन्द्रीय कार्यालयको ४००४५६० मा फोन गरी जानकारी माग्दा सम्बन्धित शाखा प्रमुख सम्पर्कमा आउन चाहेनन् । पटक–पटक फोन गर्दासमेत प्रमुख सम्पर्कमा नआएपछि आफुलाई सहायक कर्मचारी बताउने कमला तिम्सिनाले बैंकले आश्वा सेवामा शुल्क लिने गरेको स्वीकारिन् । उनले बैंकका शाखाले निःशुल्कदेखि रु।१०० सम्म आश्वा सेवाशुल्क बापत लिन सक्ने बताइन् ।

यसरी एउटै बैंकमा ग्राहकहरुलाई फरक–फरक नियम लगाउने बैंकलाई किन कारवाही गरिँदैन र राष्ट्र बैंक किन कानमा तेल हालेर बसिरहेको छ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग किन मौन छ र त्यसैगरी, जनताको पिरमर्का बुझ्ने हेलो सरकार के हेरेर बसिरहेको छ र ग्राहकको गुनासो रहेको छ ।

Loading...