प्रचण्डले झोक्किदै भने, ‘दुर्इ चार जनाले विरोध गर्दैमा पार्टी एकता रोकिदैन, विराेध गर्नेहरु छुट्छन’

भैरहवा, ८ पुस । पार्टीका केही नेताहरुले पार्टी एकताका विराेध गरिरहेका बेला माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले विराेध गर्नेहरुप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन् । उनले केही व्यक्तिले विराेध गर्दैमा अब पार्टी एकता नराेकिने बताएका छन् ।

रुपन्देहीमा अायाेजना गरिएकाे एक कार्यक्रममा भैरहवा पुगेका प्रचण्डले विराेध गर्नेहरुकाे विराेधले अब अाफूलार्इ असर नगर्ने बताए । एक दुर्इ जनाले विराेध गरेर पार्टीकाे एकता अभियानमा भाँजाे नअाउने उनले बताए । शीर्ष नेताहरुबीच पार्टी एकताबारे कुनै समस्या नभएकाे बताउँदै प्रचण्डले विराेध गर्नेहरु अाफै छुट्ने बताए ।

उनले भने, ‘शीर्ष नेताबीच पार्टी एकताबारे कुनै समस्या छैन र कसैले त्यसको विरोध गर्छन् भने ती छुट्छन् ।’ अब विकास, समृद्धि र समाजवादको रेल अघि बढ्छ भन्दै प्रचण्डले थपे, ‘कुन नेताले के भने, त्यसको पछि नलाग्नुस्। एमाले-माओवादीमा एकता मन नपराउने एकाध मान्छे होलान्। तर, हामी सबै एकताप्रति इमान्दार छौं । हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुङ्गाउँछौं। एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस् । बरु, एकताका लागि नेतृत्वलाई बल दिनुस्।’

Loading...