नयाँ बसपार्कमा नयाँ प्रहरी निरीक्षक : सेवा कम सास्ती बढी

गोङ्गबुको नयाँ बसपार्क प्रहरीको रोजाइमा पर्ने क्षेत्र हो तर काम गरेर देखाउने भन्दा कमाउने उदेश्यले नयाँ बसपार्क आउने प्रहरीदेखी स्थानीय आजीत बनेका छन् ।

 

यस अघि ५० हजार घुस रकम सहित रङेहात समातिएका प्रहरी निरीक्षकका कारण बदनाम नयाँ बसपार्क प्रहरी बृत्तमा नयाँ निरीक्षक प्रताप पौडेल आएका छन् । नयाँ प्रहरी निरीक्षक युवा भएकाले केहि नयाँ पहल हुने आशा राखेका स्थानीयहरु पुरानै रबैया देख्दा दिक्क बनेका छन् ।

 

निरीक्षक पौडेलले रात्रीकालिन ब्यवसायलाई ब्यवस्थित बनाएर लैजानुपर्नेमा हतोत्साहित पार्न खोजेको भन्दै पौडेलले पद सम्हालेको एक हप्तामै अन्तरबिरोध शुरु भएको छ ।

 

आफुहरुलाइ सेवा र सुरक्षा दिनुपर्ने प्रहरीले सौतेनी ब्यवहार गरेको भन्दै ब्यवसायीहरु असन्तुष्ट बनेका छन् ।

 

प्रहरी निरीक्षक पौडेलले प्रहरीको बर्दिको गलत इस्तेमाल गर्दै शक्तिको दम्भ देखाएको उनीहरुको आरोप छ ।

 

शनिबार पौडेलकै उपस्तिथिमा ब्यवसायीहरुले आफ्नो घर र सटर अगाडि राखेको मोटरसाइकल प्रहरी द्वारा समात्ने कार्य भएपछि केहिबेर प्रहरी र ब्यवसायीबिच भनाभन भएको छ ।

bike captured  by police

दिउसो सवारी आवागमनको समयमा ट्राफिक ब्यवस्थापन नगर्ने तर राती सवारी आवागमन कम हुने समयमा आफ्नै घरको टप मुनी राखेका ब्यवसायीकै साधन समात्ने गरेपछी ब्यवसायीहरु आक्रोसित बनेका छन् ।

 

बिजी मलले सरकारी जग्गा ओगटेर पार्किङ्ग स्थल बनाएर मूल सडक नै अवरोध गर्दा बोल्न नसक्ने तर आफुहरुले आफ्नो घरको टपले छोपेको नम्बरी जग्गामा मोटरसाइकल राख्न समेत नपाउने भन्दै व्यवशायीहरुले गुनासो गरेका छन । 

bike at BG mall

प्रहरी निरीक्षक पौडेलले बिनासित्तिमा निउ खोजिरहेको ब्यवसायीले बताए । पौडेल नयाँ बसपार्कको प्रमुख भएर आए सङै धवलागिरी दोहोरी साझ, गोधुली दोहोरी साझ र फुलबारी दोहोरी साझका संचालकहरुलाई अनाहकमा पालैपालो समातेर लगेको उनीहरुको आरोप छ ।

parking randomly ignored by police

नयाँ बसपार्कका स्थानीय ब्यबसायीहरु यतिबेला पौडेलको दम्भबाट परेशान बनेका छन् । लाइन मिलाउने पुरानै शैलीमा ब्यबसायी दुख दिएर रकम असुल्न पौडेलकोे योजना हुनसक्ने उनीहरुकोअनुमान छ । आफ्नै प्रहरी कार्यालयको गेटमा रहेको पार्कॆङ्ग हटाउन नसक्नेले रातीराती अर्काको घरमा पार्क गरेको दुइ पाङ्ग्रे साधन समातेर दुख दिएकोमा व्यवसायीहरु दुखी भएका छन ।

 bike at police gate

प्रहरीले साना व्यवसायीलाई अनावस्यक दुख दिनु हेपाहा प्रवित्ति भएको भन्दै व्यवसायीहरुले चुप लागेर नबस्ने बताए । यस बिषयमा सम्बन्धित निकायमा गएर जानकारी गराउने उनीहरुले बताए । 

Loading...