गायक एसवी साउदको के रैछ माया सार्वजनिक

काठमाडौं । पछिल्लो समयमा नेपाली गीत संगीतको क्षेत्रमा धेरै कलाकारहरुको आगमन भएको छ । यस भित्र धेरै कलाकारहरुले आफ्नो दरिलो कलाको साथमा यो क्षेत्रमा प्रवेश गरेका छन् भने कोहि रहर र आफ्नो आर्थिक दरिलो भए कै कारण यस क्षेत्रमा रहेका छन् । त्यसैले यसरी आर्थिक र रहरको भरमा यो क्षेत्रमा प्रबेश गर्ने धेरै कलाकारहरु पलाएन पनि भैसकेका छन्, किन कि आफु भित्रको कलाले बझ्बुद हाँगो समाउन सक्दैन भने यस क्षेत्रमा टिक्न पनि निकै गाह्रो नै हुने गर्दछ ।

यसैको भिडमा पछिल्लो समयमा पेशाले पत्रकारिता अंगाली रहेका प्रतिभावान गायक एस.सी साउद को पनि यसै क्षेत्रमा आगमन भएको छ । उनि बिगत केहि समय यता बाट नेपाली सुगम संगीतको क्षेत्रमा प्रवेश गरेता पनि आफ्नो आर्थिक अभावको कारण संगीतको क्षेत्रमा शसक्तता दिन नसकेको तितो यथार्थता सुनाउँछन्, र पनि जसोतसो यस क्षेत्र प्रति मोह दर्साउँदै एस.बि ले “के रैछ माया” बोलको गीतलाई सार्बजनिक गर्न सफल भएका छन् । उनले यसरी आफ्ना सांगीतिक प्रस्तुतिलाई अशंख्य श्रोता दर्शकहरु माझ पुर्याउन साथ् दिने राजधानी फिल्म्स प्रालिलाई सम्झना स्वरूप धन्याबाद ब्यक्त गरेका छन् ।

प्रस्तुत गीतमा शब्द संगीत र स्वर उनै प्रतिभावान कलाकार एस.बि साउद को नै रहेको छ । निकै मर्मस्पर्सी यस गीतको म्युजिक भिडियोमा सुजन श्रेष्ठ, सम्झना श्रेष्ठ, अन्जली,बिबेक, रोमित र नाबिनाको आकर्षक अभिनय रहेकोछ । राजधानी फिल्म्स प्रालिले निर्माण गरेको यस गीतको म्युजिक भिडियोलाई देबेन्द्र कुँवरले निर्देशन गरेका हुन् भने छायांकन जनकराज अधिकारी र सम्पादन मनिष कार्कीले गरेका छन् ।

Loading...