१५ दिनमा इन्धनको मुल्य दुर्इ पटक मुल्य गर्यो निगमले

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले मंसिर २२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएपछि १५ दिनकै अन्तरालमा यो दोस्रोपटक बृद्धि गरेको हो ।

पेट्रोल, डिजेल र मट्टितेलमा साविक मूल्यमा एक – एक रुपैंयाले बृद्धि गरेको आयल निगमले जनाएको छ ।

निगमले मंगलबार राती १२ बजेबाट लागू हुने गरी बृद्धि भएको जनाएको छ । अब नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ७८ रुपैंया पर्नेछ, भने पेट्रोलको मूल्य १ सय १ रुपैंया हुनेछ ।

यति छिटै मूल्य बृद्धि गर्नु पर्ने अरु कुनै कारण नभई स्वचालित मूल्य प्रणाली अनुसार नै मूल्य समायोजन भएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले दावी गरे । पेट्रोल, डिजेल, मट्टितेलको मूल्य बढे पनि हवाई ईन्धन र ग्याँसको मूल्य भने यथावत नै राखिएको उनले बताए ।

डिजेल र खाना पकाउने ग्याँसको बजारमा बढि खपत हुँदा निगम घाटामा रहेको निगमले बताउँदै आएको छ ।

Loading...