प्रचण्डको प्रशंसा गर्दै ओलीले भने ‘म मुर्ख हुँ, बेलाबेला मुर्ख बन्छु’

काठमाडाैं, ३ पुस । चटपटे बाेली बाेलेर बेलाबेलामा चर्चामा अाइरहने नेता केपी अाेलीले अाफैलार्इ मुर्ख भनेका छैन । अाेलीलार्इ भेट्न अाेली निवास बालकाेट पुगेकाे नेकपा माअाेवादी केन्द्रकाे युवा संगठन याेङ्ग कम्युनिस्ट लिग (वाइसिएल) काे टाेलीसँग अध्यक्ष अाेलीले साे कुरा सार्वजनिक गरेका हुन् ।

अाेलीले माअाेवादी जनयुद्धका बारेमा अाफूले बाेलेकाे कुरा मुर्खले बाेल्ने भनार्इ नै भएकाे बताए । तर, अाफ्नाे मुर्खताले नेपालको राजनीतिमा राम्राे काम गरेकाे पनि उनले दावी गरेका छन् । उनले अाफू जनताका लागि कहिलेकाँहि मुर्ख बन्ने गरेकाे दावी गर्दै सत्यका पक्षमा वकालत गर्दा बाेलेका कुरा समयको अन्तरालमा अाँउदा मुर्ख सावित हुने गरेकाे बताए । तर अाफ्नाे मुर्खताले राष्ट्रलाई घाटा नलागेकाे दावी गर्दै अाफू राष्ट्रलार्इ घाटा नलाग्ने गरी कहिलेकाहीं मुर्ख बन्ने गरेको बताए ।

अाेलीले माअाेवादी जनयुद्धका विषयमा दिएकाे पूर्व अभिव्यक्तिले पछि अाफूलार्इ पीडा महशुस गराएकाे दावी गर्दै अहिले सच्याएको पनि बताएका छन् । उनले निरंकुश राजतन्त्र अन्त्यका लागि भएको बलिदानीको कसैले पनि उपेक्षा गर्न नसक्ने पनि बताएका छन् ।

अब देश कुनै पनि वहानामा समृद्धिको बाटोबाट पछि नहट्ने भन्दै उनले काम नलाग्ने सिद्धान्तको तमासाबाट मुलुक धेरै अघि बढेको बताए । हल्लाखल्ला गरेर पार्टी एकताको थालनी नगरिएको दावी गर्दै उनले हल्लाकै भरमा एकता प्रक्रिया अगाडि बढाएकाे भए एमाले–माओवादी केन्द्रबीच एकता प्रक्रिया यहाँसम्म नपुग्ने बताए । ओलीले प्रतिकृयावादी शक्तिले एकता भाँड्न जस्ताे प्रपञ्च गरे एकता त्याे नभाँडिने ठोकुवा गरे ।

वाईसिएलका प्रतिनिधिसँग ओलीले माओवादी अध्यक्ष प्रचण्डकाे निकै प्रशंसा पनि गरे । उनले एकता प्रक्रियामा प्रचण्डको विश्वास नटुट्ने बताए । उनले भने, ‘माओवादी अध्यक्ष प्रचण्ड जति इमान्दार भएर लाग्नु भएको छ त्यति नै हामी पनि लागेका छौं । एकताप्रति आशंका कसैले गर्नु पर्ने अवस्था छैन, अब एकता गरेर देशलाई छिटै समृद्धिको बाटोमा लैजानु छ ।’

Loading...