धुर्मुस सुन्तलीलार्इ फिनल्यान्डबाट अायाे ६ लाख ६६ हजार ६ सय ६६ रुपैंया

फिनल्यान्डकाे फिन्निस नेपाली समाजले धुर्मुस सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गरेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि फिन्निस नेपाली समाज र एनआरएनए फिनल्यान्डको विशेष पहलमा फिनल्याण्डमा कृयाशिल अन्य संस्थाहरुको सहयोगमा ६ लाख ६६ हजार ६ सय ६६ रुपैंया हस्तान्तरण गरिएको हो ।

फिन्निश नेपाली समाज र एनआरएनएको अलावा फिनल्याण्ड हालेमालो नेटवर्क, नेपाल फिनल्याण्ड एलुम्नि एसोसियसन, तुर्कु नेपाल एसोसियसन, सुओमी नेपाल सेउरा र सन्जाल रेले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरिएको हो ।

समाजका कोषाध्यक्ष मुकुन्द भण्डारी, बालकृष्ण श्रेष्ठ, राजेश राई र सौरभ ढुंगानाले संयुक्त रुपमा धुर्मुस सुन्तली फाउण्डेशनका सिताराम कट्टेल ‘धुर्मुस’लाई सहयोग रकम हस्तान्तरण गरेका थियो ।

Loading...