बामगठबन्धनले ल्यायो दुईतिहाई, एमाले एक्लैको स्पष्ट बहुमत

काठमाडौं, २९ मंसिर । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई दुई तिहाई पुगेको छ । यो प्रदेश नम्बर ३ को कुरा हो । याे प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी एमाले एक्लैलाई बहुमत पुगेको छ भने गठबन्धनलाई दुई तिहाई पुगेको छ ।

प्रत्यक्षतर्फ ६६ रसमानुपातिकबाट ४४ गरी कूल ११० सदस्यीय प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ एमालेले ४२ सिट जितेको छ भने माओवादीले १५ जितेको छ । त्यसैगरी एमालेले समानुपातिकतर्फ १७ सिट पाएको छ । माकेले ८ सिट मात्रै पाउँदा पनि दुईतिहाई पुग्छ ।
यो प्रदेशमा पनि एमाले ठूलो दल बनेको छ ।

प्रत्यक्षतर्फ ७ सिट जितेको कांग्रेसले समानुपातिकमा १४ सिट पाएको छ । प्रत्यक्षमा नयाँ शक्ति र नेमकिपाले एकएक सिट जितेका छन् । प्रत्यक्षमा एउटा पनि सिट नजितेका विवेकशील साझाले ३ र राप्रपाले २ सिट पाउने भएको छन् ।

बहुमतको लागि ५६ सिट आवश्यक पर्ने यो प्रदेशमा एमाले एक्लैले ५९ सिट जितेको छ । अब उ एक्लैले प्रदेश सरकार बनाउन पनि सक्छ । त्यस्तै दुई तिहाईका लागि ७४ सिट चाहिन्छ । एमालेको ५९ र माकेको जोड्दा ८२ सिट पुग्छ ।

Loading...