एकै जिल्लाका १९४ उम्मेदवारको धरौटी जफत

महोत्तरी, २७ मंसिर । दोस्रो चरणअन्तर्गत भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १९४ उम्मेदवारको जमानत जफत भएको छ । कुल प्रतिनिधिसभामा भाग लिएका उम्मेदवार ६९ र प्रदेश सभाका उम्मेदवार १४४ गरि कुल २१३ जना रहेकोमा १९ जनाले जमानत फिर्ता पाउने छन् । बाँकिको जफत हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश वा प्रतिनिधिसभामा कुल खसेको मतको दश प्रतिशत ल्याउनेको जमानत बच्ने रहेकोमा अधिकांश उम्मेदवारले सोहि अनुरुप मत ल्याउन नसक्दा उनीहरुको जमानत जफत भएको हो । यता महोत्तरीको सवै क्षेत्रमा भएको प्रतिनिधिसभाको निर्वाचनमा सवैभन्दा कम मत ल्याउनेमा महोत्तरीको क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य उम्मेदवारमा स्वतन्त्रबाट उम्मेदवारी दिएका सोगारथ यादव रहेका छन । उनले ५ मत प्राप्त गरेका हुन । त्यसतै प्रदेश सभा तर्फ सबै भन्दा कम मत ल्याउनेमा क्षेत्र नं. १ को प्रदेश सभा १ बाट उम्मेदवारी दिएका धनराज लामा मोक्तान रहेका छन । उनले १ मत प्राप्त गरेका हुन ।

महोत्तरीको प्रतिनिधिसभा क्षेत्र १ मा ९ जनाको जमानत जफत भएको छ भने क्षेत्र नं. २ मा १६ जनाको जमानत जफत भएको छ । त्यसतै क्षेत्र नं. ३ मा सवै भन्दा बढी १८ जना उम्मेदवारको जमानत जफत भएको हो । यता क्षेत्र नं. ४ मा १६ जनाले जमानत फिर्ता नपाउने भए ।

यता प्रदेश तर्फ क्षेत्र १ को १ मा ८,क्षेत्र १ को २ मा १२ उम्मेदवार को जमानत जफत भएको छ । त्यसतै क्षेत्र २ को प्रदेश १ मा ५ र प्रदेश २ मा १९ जनाको जमानत जफत भएको छ । यता क्षेत्र ३ को १ मा ११ जनाको जमानत जफत भएको छ भने क्षेत्र ३ कै प्रदेश २ मा सवैभन्दा वढी ३० जनाको जमानत जफत भएको छ । क्षेत्र ४ को प्रदेश १ मा १५ र प्रदेश २ मा २१ जना उम्मेदवारले जमानत फिर्ता नपाउने भएको छ ।

महोत्तरीमा प्रतिनिधिसभामा खसेको कुल मत दुईलाख १४ हजार ७९९ को सदर मत एकलाख ९९ हजार ५१९ र प्रदेश सभामा खसेको कुल मत दुईलाख १४ हजार २९७ को सदर मत दुईलाख १ हजार ८३८ थियो ।

Loading...